नेपालमा पछिल्लो २४ घण्टामा १८ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार १७६ जनामा गरीएको एन्टिजेन र पिसिआर परिक्षणमा १८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८ लाख ४० हजार ८०८ पुगेको छ ।
यस्तै २४ घण्टामा कोरोनाका कारण २७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ६ सय ९० पुगेको छ ।
सोहि अबधिमा नेपालमा २२२२ जना कोरोना मुक्त भएका छन् ।यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ लाख १० हजार नाघेको छ ।
हाल नेपालमा ३६ हजार ८६६ सक्रिय संक्रमित रहेका छन्
नेपालमा ४० लाख ५२ हजार ७६५ जनाले पुर्ण खोप लगाइसकेका छन् ।
प्रतिक्रिया