प्रदेश १: २४ घण्टामा ४८३ जनामा कोरोना पुष्टि,सबै भन्दा धेरै सुनसरीमा

४ बर्ष अगाडि

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४८३ जनामा कोरोना सङ्क्रमण  भएको छ । सातसय ७९ को पीसीआर परीक्षण गर्दा २७२ मा र  एक हजार १०३ को एन्टिजेन परीक्षण गर्दा २११ को रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
    
सुनसरीमा १२०, मोरङमा ७५ झापामा ४०, पाँचथरमा २१, इलाम र उदयपुरमा चार÷चार, सङ्खुवासभामा दुई, धनकुटा, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको थियो । आज ४९७ जना कोरोना सङ्क्रमणमुक्त भएकामा २४३ महिला र २५४ पुरुष छन् । यस अबधिमा सङ्क्रमणबाट चार महिलासहित सातको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया