बाढीले दुई दर्जनभन्दा बढी घर डुबानमा, खोलाले बगाएर बेपत्ता युबक  अझै भेटिएनन्

४ बर्ष अगाडि

अविरल वर्षासँगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२ बेतौनाका एक दर्जनभन्दा बढी घरहरु डुबानमा परेका हुन् । 

घरमा पानी पसेपछि पीडितहरू नजिकैको छिमेकीको घरमा शरण लिएर बसिरहेका स्थानीयवासी सञ्जय मण्डलले जानकारी दिए ।  स्थानीय तहले पोखरीको बाँध बाँध्न रकम छुट्याए पनि राम्रोसँग काम नगर्दा फुटेर गाउँमा पानी पसेको स्थानीयवासीको आरोप  छ ।यसैगरी मैनावती खोलामा आएको बाढीले वडा नं ९ का दुई घर डुवानमा परेको छ भने बलक्वास्थित मुस्लिम समुदायको मृत्यु संस्कार गर्ने स्थान ९कबरिस्तान० बगाएकोे र मदर्सामा समेत क्षति पु¥याएको छ । 

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–६ मा एउटा घर भत्किएको प्रमुख जिल्ला अधिकारी प्रदीप कणँेलले जानकारी दिए । वर्षाको पानी बजार पसेकाले मिर्चैयाका  दर्जनौँ पसल जलमग्न भएको छ । पूर्वापश्चिम राजमार्गदेखि उत्तरतर्फ पानीको उचित निकास नभएकाले  बजारमा  पस्ने गरेकोे स्थानीयवासी रामनारायण ठाकुरले जानकारी दिए । 

नदी तर्दा बेपत्ता युवक अझै अज्ञात
कैलाली र कञ्चपुरको सीमा भएर बग्ने मोहना नदी तर्ने क्रममा बेपत्ता भएका एक युवक अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।  

कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुरबाट काम गरी घरतर्फ आउँदै गरेका धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय पुरन राना नदी तर्ने क्रममा शुक्रबार साँझ ६ बजे बगेर बेपत्ता भएका थिए । उनीसँगै आएका लक्षमण राना, सुशील राना भने नदी तर्न सफल भएको प्रहरीले जनाएको छ । बेपत्ता रानाको खोजीकार्य जारी रहेको  प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। 

कैलालीको धनगढी उपमहानगर–३ र कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमा बाढीले क्षति पुगाएपछि आवागमन बन्द छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया