काठमाडौं - आफ्ना नागरिकलाई तत्काल काबुल विमानस्थलको गेट छोड्न अमेरिकाले निर्देशन दिएको छ । शनिबार बिहान अमेरिकाले जवाफी हमलामा इस्लामिक स्टेटविरुद्ध ड्रोन आक्रमण गरेपछि अमेरिकी नागरिकलाई सो निर्देशन दिएको हो ।
सुरक्षा खतराको कारण देखाउँदै अमेरिकी अधिकारीले आफ्ना नागरिकलाई तत्काल काबुल विमानस्थल छोड्न निर्देशन दिएको बताइएको छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार अमेरिकाले आफ्ना नागरिकहरुलाई पुनस् चेतावनी दिँदै तत्काल काबुल विमानस्थलको गेट छोड्न निर्देशन दिइएको छ। काबुल विमानस्थलमा भएको आक्रमणविरुद्ध अमेरिकी सेनाले शनिबार पुन जवाफी अपरेसन सुरु गर्ने योजना बनाएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले शुक्रबार गरेको जवाफी हमलामा काबुल विमानस्थल विस्फोटका मुख्य योजनाकार मारिएका छन् । युएस सेन्ट्रल कमान्डका प्रवक्ता विल अर्बानकाअनुसार अमेरिकी सैन्य बलले ‘आइएसआइएस के’का योजनाकारविरुद्ध जवाफी हमला गर्न बनाएको योजना सफल भएको छ ।
अमेरिकाले अफगानिस्तानको नाङ्घहार प्रान्तमा गरेको सो हमलामा ड्रोन प्रयोग गरेको थियो भने सो हमलामा स्लामिक स्टेटका सदस्यलाई मारेको बताइएको छ । अधिकारीहरुका अनुसार काबुल विमानस्थलमा १७० जनाको ज्यान लिने गरि गरिएको हमलामा अमेरिकाले योजनाकारलाई मुख्य निशाना बनाएको थियो ।
प्रतिक्रिया