काठमाडौं – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगको दोस्रो खेलमा किफायती बलिङ गरेका छन् ।
मेलबर्न स्टार्समा रहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध किफायती बलिङ गर्दै तीन विकेट लिन सफल भएका छन् । सन्दीप दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिन सफल भएका हुन् ।
सन्दीपले पहिलो, तेस्रो र चौथो ओभरमा एक एक विकेट लिएका थिए । पहिलो ओभरमा एलेक्स डोलानलाई सन्दीपले बोल्ड आउट गर्दै पेभेलियन फर्काएका थिए । पहिलो ओभरमा सन्दीपले ५ रन खर्चेर एक विकेट लिए । सन्दीपले दोस्रो ओभरमा ७ रन खर्चिए ।
यस्तै तेस्रो ओभरमा सन्दीपले होबर्टका अर्धशतक बनाउने म्याथ्यु वेडलाई सन्दीपले क्याच आउट गराए । म्याथ्यु ५२ रनमा आउट भए । तेस्रो ओभरमा सन्दीपले ८ रन खर्चिए ।
चौथो ओभरमा सन्दीपले बेन्जामिन म्याकडेरमोटलाई एलबिडब्लुको शिकार बनाए । बेन्जामिन २८ रनमा आउट भए ।
यसअघि सन्दीपले डेब्यु खेलमा २ विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट थिए ।
प्रतिक्रिया