मलाई 'बा' भन्दा नेपाल र वामदेवहरुलाई ईर्ष्या लागेको हो कि ? : ओली

४ बर्ष अगाडि

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कार्यकर्ताहरूले आस्थाको आधारमा 'बा' भनेको स्पष्ट पारेका छन् ।  एक अन्तरवार्तामा बौल्दै उनले यस्तो भनेका हुन् । 

आफूलाई बा भन्दा कसैले ठाउँको दुखाउनु नपर्ने बताएका छन् । उनले भने, 'होला आस्थाले बा भने होलान् । त्यसमा कसैको टाउको जल्नुपर्ने, मन जल्नुपर्ने, राँको बालेर दमकल बोलाउनुपर्ने, आगलागी हुनुपर्ने, छातिमा वारुण यन्त्र नै बोलाउनुपर्ने किन ?'

साथै माधव नेपाल र वामदेवहरुलाई आफूलाई बा’ भन्दा ईर्ष्या लागेको पनि बताएका छन् । उनले भने, 'माधव नेपाल र वामदेवहरुलाई आफ्नो प्रशंसा अरुले नगरिदिएको कारण मलाई बा’ भन्दा पनि ईर्ष्या लागेको हो कि ?' 

अन्तरवार्तामा उनले आफूलाई महात्मा गान्धी, भियतनामका पूर्व राष्ट्रपति हु ची मिन्ह, नेल्शन मण्डेलासँग तुलना गरेका छन् । उनले भने, 'भारतमा महात्मा गान्धीलाई 'बापु', भियतनामाका पूर्व राष्ट्रपति हु ची मिन्हलाई 'अंकल' नै भनिको, नेल्शन मण्डेलालाई 'पिताजी' भन्थे । कसले गरेको कामलाई जनताले मन पराउँछन्, प्यारो गर्छ, त्यो चाहीँ ईर्ष्या गरिरहन आवश्यक छैन् ।'

उनले आफूले पैसा बाँडेर 'मलाई 'बा' भन्देउ' भनेर नभनेको स्पष्ट पारे । उनले भने, 'मैले पैसा बाँडेर बा भन्देउ भनेको त छैन् । मैले बा भन्ने शब्द किनेको त होइन । मैले डन्डा लगाएर बा भन् की भन् भनेर कसैलाई भनेको छैन् । बाध्य पारेको त छैन् ।' 

 

४ बर्ष अगाडि

प्रतिक्रिया