इलाममा ५४ हजार बढीले कोरोना खोप लगाएका छन् । इलाम स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ५४ हजार ९ सय ३६ जनाले कोरोना खोप लगाएका हुन् ।
जसमा २३ हजार ६ सय ४३ जनाले खोपको पहिलो मात्रा मात्र लगाएका छन् । १५ हजार ६ सय ९५ ले कोभिसिल्ड, १५ हजार ५ सय ९८ जनाले जोन्सन एन्ड जोन्सन र २३ हजार ६ सय ४३ जनाले भेरोसेलको पहिलोमात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जारी गरेको तथ्याङ्कमा उल्लेख रहेको छ ।
यस्तै इलाम नगरपालिकामा १२ हजार ८ सय २३, सूर्योदय नगरपालिकामा १० हजार तीन सय ८८, देउमाई नगरपालिकामा ६ हजार १२, माई नगरपालिकामा ४ हजार ६ सय ४४, फाकफोकथुम गाउँपालिकामा ३ हजार ६ सय ६४, चुलाचुली गाउँपालिकामा ४ हजार ३ सय ३०, माई जोगमाई गाउँपालिकामा ३ हजार ८ सय २२, माङ्सेबुङ गाउँपालिकामा २ हजार ५ सय ३९, रोङ गाउँपालिकामा ३ हजार ७ सय ६१ जनाले कोरोना खोप लगाएका छन् ।
इलाममा भदौ १५ देखि कोभिडविरुद्धको खोपको दोस्रो मात्रा लगाइने भएको छ ।
प्रतिक्रिया