काठमाडौं - कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ का प्रतियोगी भरतमणि पौडेलको लुक्सले चारैतिर चर्चा पाइरहेको छ । बिहीबार सार्वजनिक भएको शो को नयाँ ट्रेलरमा पौडेललाई पूर्व युवराज पारस शाहको गेट अपमा देखिएको छ ।
उक्त ट्रेलर युट्युबको ट्रेनिङमा पनि पर्न सफल भएको छ । यो समाचार तयार गर्दासम्म उक्त ट्रेलर ६ लाख ९८ हजार बढि भ्युज पाएको छ । ट्रेलरमा पौडेलको गेटअप पूर्व युवराज शाहसँग हुबहु मिल्दो देख्न सकिन्छ । शाहकै हाउभाउमा उनले प्रस्तुति समेत दिएका छन् ।
प्रस्तुतिमा राजाको शासन समयमा कलाकार दरबार छिर्ने प्रसंगदेखि केही अगाडि पूर्व युवराज शाहको हेल्मेट काण्ड समेत समेटिएको ट्रेलरमा देख्न सकिन्छ । आज साँझ प्रसारण हुने ‘कमेडी च्याम्पियन’ को नयाँ श्रृखंलामा उनलाई पूर्व युवराज शाहको रुपमा देखिने भएको हो ।
ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी पौडेल यस अगाडि पनि पूर्व मन्त्री गोकुल बाँस्कोटासहित थुप्रै क्यारिकेचर गरेर चर्चामा छाएका थिए । ‘कमेडी च्याम्पियन २’ को अहिले उत्कृष्ट ४ प्रतिस्पर्धा चलिरहेको छ ।
पौडेलसहित उत्कृष्ट ४ मा बिक्की अग्रवाल, सन्तोष थापा, हिक्मत महरा रहेका छन् । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकका प्रिय बन्न सफल पौडेल उपाधिका दावेदार समेत मानिन्छन् ।
प्रतिक्रिया