काठमाडौं - बेचबिखनमा परेका सात नेपाली युवतीहरुलाई पर्सा प्रहरीले भारतबाट उद्धार गरेको छ ।
अर्केस्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई नेपालबाट युवतीहरूलाई भारतको बिहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो वडा नम्बर ११ आदापुर बजार भन्ने स्थानमा पुर्याइएका उनीहरुलाई प्रहरीले उद्धार गरेको हो ।
उनीहरुलाई प्रलोभनमा पारि भारतमा लगि बेचबिखन गर्ने दुईजनालाई भारतीय प्रहरीको समन्वयमा पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला पूर्वी चम्पारण, थाना छौँडादानो बस्ने २५ वर्षीय विकेश कुमार र धनुषा नगराइन घर भई छोडादानोमा बस्दै आएकी ४ वर्षीय ममता कुमारी भन्ने अजिमा खातुन रहेको पर्सा प्रहरीले जनाएको छ ।
यस्तै १५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१८ मोतिसर बस्ने २१ वर्षीय सुजित कुमार साह रहेका छन् ।
साहले विगत ८ महिनादेखि ललाई फकाई बालिकालाई जबरजस्तीकरणी गर्दै आएको आरोप छ ।
प्रतिक्रिया