बाढी पहिराले क्षति पुर्‍याएको ३८ जिल्लामा पुनः निर्माण गर्न एक अर्ब ११ करोड बढी लाग्ने, ८५ को मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - मनसुन शुरु भएयता मुलुकभर प्राकृतिक घटनामा परेर ८५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार अन्य ४४ जना बेपत्ता भएका छन् । अहिलेसम्म ५ हजार ५०० बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म विपद्बाट ७० जिल्ला प्रभावित भएका छन । शुक्रवार मात्रै बाढीबाट प्रभावित पाँच सयलाई सुरक्षित स्थानमा सारिएको छ । बाढी पहिराले क्षति पुर्‍याएको ३८ जिल्लामा पुनः निर्माण गर्न एक अर्ब ११ करोड बढी लाग्ने अनुमान गरिएको छ ।

बाढी पहिराका कारण आज साना ठुला गरेर २९ सडक अवरुद्ध भएका तिमध्ये केही खुलेका र केही खुल्न बाँकी रहेका छन् । वर्षाका कारण कैलाली, नवलपरासी, कञ्चनपुर, कैलाली, दाङ, रौतहट, रुपन्देही, महोत्तरी, कपिलवस्तु, चितवन, खोटाङ, सिन्धुली, बाजुरालगायत जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया