सानेपामा पौडेल पक्षको अनसनरत जिल्ला सभापतिहरूसँग छलफल, धर्ना स्थगितको तयारी

४ बर्ष अगाडि

काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले रिले अनसनरत जिल्ला सभापतिहरूसँग छलफल गरेको छ । शनिबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आफू निकट जिल्ला सभापतिहरूसँग पौडेल पक्षले छलफल गरेको हो । 

पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ताबारे नेताहरुले जिल्ला सभापतिलाई बिफ्रिङ गरेका थिए । छलफलमा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँल गायत थिए ।

पौडेल पक्षका नेताहरु शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे देउवालाई भेटेका थिए । जिल्ला सभापतिका माग र १८ भदौमा हुने वडा अधिवेशनबारे उनीहरुले छलफल गरेका थिए ।देउवाले जिल्ला सभापतिका मागको सम्बोधन र  १८ भदौमै वडा अधिवेशन गर्ने विषयमा सहमति जनाएका थिए ।

आगामी मंसिर ९–१३ महाधिवेशन गर्ने कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन गर्ने काँग्रेसको तयारी छ । तर क्रियाशील सदस्यको नामावली प्रकाशन लगायतका विषयमा विवाद सकिएको छैन । काँग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको छ भने २९ जिल्लाको बाँकी छ ।

सानेपामा जिल्ला सभापतिहरूसँग छलफल गरेर धर्ना र अनसन स्थगित गराउने उनीहरुको तयारी छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया