काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा यो साता भिभिन्न तीन कम्पनीको सेयर सूचिकृत भएको छ ।
नेप्सेका अनुसार यस साता आरविवि म्युचुअल फण्ड-१ सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र अपि पावर कम्पनीको सेयर सूचिकृत भएको हो ।
आरविवि म्युचुअल फण्ड-१
राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना प्रति इकाई रु. १० का दरले १२ करोड ५० लाखइकाई अर्थात रुएक अर्ब पच्चिस करोड रुपैँया नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचिकृत भएको छ ।
उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतिशत् लगानी रहेको सहायक कम्पनीे आरविवि मर्चेन्ट बैंकिङ्ग लि। रहेको छ ।
सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको १५.३५ प्रतिशत बोनस बापतको ३ लाख ३० हजार कित्ता सेयर सूचिकृत भएको छ ।
सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १५.३४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८० प्रतिशत नगद गरि कुल १६.१५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको थियो ।
अपि पावर कम्पनी
बिहीवार नेप्सेमा अपि पावर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो शेयर आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले जेठ २० गतेदेखि असार ९ गतेसम्म निष्कासन गरेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया