प्रदेश १ का मुख्यमन्त्रीद्धारा मन्त्रिपरिषद विस्तार, मन्त्रीमा थपिए साम्सोहाङ र तिवारी

४ बर्ष अगाडि

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार साँझ मन्त्रिपरिषद विस्तार गरेका छन् । थप हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरणमा लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ रहेका छन् ।

प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री आचार्यको सिफारिसमा संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तार र कार्य विभाजन गरेका हुन् ।

प्रदेश प्रमुख अधिकारीले नव नियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया