नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८ हजार बढि, १० हजार धेरैको मृत्यु

४ बर्ष अगाडि

काठमाडौं - विगत २४ घण्टामा देशभर थप दुई  हजार ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

यो सहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ । तीमध्ये  पीसीआर परीक्षणबाट ७ लाख ५६ हजार ४९२ र एन्टिजेन परीक्षणबाट ८२ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको हो । 

गत २४ घण्टामा थप २ हजार ३३७ जना सङ्क्रमित  निको भएका छन् । यो सहित नेपालमा निको हुनेको सङ्ख्या ७ लाख ८ हजार २३० पुगेको छ ।  

यस्तै निको हुने दर ९३.६ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार थप २५ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा  कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६६३ पुगेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया