एजेन्सी - म्यानचेस्टर सिटीलाई उछिन्दै म्यानचेस्टर युनाइटेडले आफ्ना पुराना खेलाडी क्रिष्टियानो रोनाल्डोका लागि १२।८ मिलियन पाउण्ड तिर्ने भएको छ । झण्डै १३ वर्षपछि रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किने निश्चित भएको हो ।
उनलाई ल्याउने सम्बन्धमा इटालियन क्लब युभेन्टससँग सहमति भएको म्यानचेस्टर युनाइटेडले जनाएको छ । ३६ वर्षका रोनाल्डोको सम्झौताका लागि व्यक्तिगत शर्तहरु, भिसा तथा मेडिलकको कामहरु भइरहेको पनि जनाइएको छ ।
सन् २००९ मा रियल मड्रिड जानु पूर्व रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि २९२ गोलमा ११८ गोल गरेका थिए । सन् २०१८ मा रियल मड्रिडबाट उनी इटालियन क्लब युभेन्टस गएका थिए ।
म्यानचेस्टर युनाइटेडले वक्तव्य जारी गरेर रोनाल्डोलाई स्वागत गर्नका लागि क्लबका सबै आतुर रहेको उल्लेख गरेको छ । म्यानचेस्टर सिटी र रोनाल्डोबिच अनुबन्धनका सम्बन्धमा व्यक्तिगत शर्तहरु सहमति भइसकेको भन्दै उनी सो क्लबमा अनुबन्धित हुने सम्भावना रहेको बताइएको थियो ।
तर उनी आफूले झण्डै १३ वर्ष पहिले छोडेको क्लब फर्किने भएका हुन् । यसअघि ६ वर्ष युनाइटेडमा बिताउँदा उनले तीनपटक प्रिमियर लिग, एकपटक च्याम्पियन्स लिग, दुईपटक लिग कप र एकपटक एफए कपको उपाधि जितेका थिए ।
यस्तै फिफा क्लब वर्ल्ड कप तथा कम्युनिटी सिल्ड पनि जितेका थिए ।
प्रतिक्रिया