काठमाडौँ – नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल खाद्य संस्थानको लापरवाहीका कारण किसानले कम मूल्यमा धान बेच्न बाध्य हुनुपरेको छ ।
संस्थानका उच्च अधिकारी कोही पनि किसानलाई राहत दिने पक्षमा देखिएका छैनन् । सरकारले समेत किसानलाई उचित मूल्य दिएर धान खरिदमा ध्यान दिएको छैन ।
कृषि तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले समेत धान खरिदमा चासो नदिएको किसानको गुनासो छ । विशेष गरी पश्चिम नेपालमा यस पटक सबैभन्दा बढी धान फलेपनि संस्थानले समयमा नै धान खरिद नगरेको चर्को गुनासो आएको छ ।
यस्तै संस्थानले धान खरिद गरेका स्थानमा समेत संस्थानले राम्रो तौलने मेशिन प्रयोग गरेको छैन । जसका कारण किसान समस्यामा परेका छन् ।
एकाध सय बढी पाउने आशमा बाँके, बर्दियाका सस्थानमा शाखामा धान बिक्रीका लागि पुगेका किसान मर्कामा परेका छन् । संस्थानका प्रमुख रहेका श्रीमणिराज खनालले भने धान खरिद बारे मन्त्रालयले आवश्यक निर्देशन नदिएका कारण आफूहरुले मात्रै केही गर्न नसक्ने बताएका छन् ।
रमाइलो त के छ भने पश्चिम नेपालको धान तौलनका लागि मात्रै पनि भारतीय व्यापारी ल्याउनुपर्ने बाध्यता रहेको छ । उनीहरुलाई स्थानीय भाषामा पल्लेदार भनिने गरिएको छ ।
भारतीय पल्लेदारले धान तौलिए वापत मोटो रकम माग्ने गरेको पीडित किसानको भनाइ छ । एकातिर संस्थानले उचित मूल्य नदिने, दिएपनि तौलने मेशिन नभएका कारण किसान मर्कामा परेका छन् ।
यस वर्ष विगत सात वर्षको तुलनामा नै बढी धान फलेको छ । सरकारको तथ्यांकअनुसार यस वर्ष करिब ६६ लाख मेट्रिक टन धान उत्पादन भएको बताइन्छ । स्वदेशमा नै खपतमा लागि पुग्ने धान उत्पादन भएपनि संस्थानले व्यवस्थापन गर्न नसक्दा समस्या परेको किसानको भनाइ छ ।
कृषि विकास मन्त्रालयले भने धान खरिदको जिम्मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको रहेको जनाएको छ । सोही मन्त्रालयले हो धान खरिद गर्ने , के भएको छ, त्यो हामीलाई जानकारी हुने विषय भएन , कृषि विकास मन्त्रालयका एक अधिकारीले भने ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले धान खरिदका लागि आवश्यक निर्देशन संस्थानलाई दिइएको बताएका छन् । संस्थानले आवश्यक निर्णय गरेको छ, धान खरिद रोकिनुपर्ने कुने कारण छैन, उनले भने ।
तर व्यवहारमा भने त्यस्तो देखि मातृका यादवले धान खरिदका लागि आवश्यक निर्देशन संस्थानलाई दिइएको बताएका छन् । संस्थानले आवश्यक निर्णय गरेको छ, धान खरिद रोकिनुपर्ने कुने कारण छैन, उनले भने ।
तर व्यवहारमा भने त्यस्तो देखिएको छैन । किसानले भने धान बेच्न नपाएर हैरान भएका छन् । धान तौलने मेशिन नभएका कारण पनि किसान समस्यामा परेका छन् । मध्य तराईका बारा , पर्सा, रौतहटलगायतका जिल्लामा पनि किसानले उपयुक्त मूल्यमा धान बेच्न् पाएका छ्रनन् । मंसिर महिना मात्रै धान बेच्ने किसानलाई समस्यामा पारेर संस्थान भने चुपचाप बसीरहेको छ ।
धान खरिदका बारेमा संस्थानका प्रमुख खनाल भने क्ष्क्षमता अनुसार सबै क्षेत्रमा धान खरिद भइरहेको दावी गर्छन ।
प्रतिक्रिया