बागमती प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

४ बर्ष अगाडि

बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज (शुक्रबार) आज राति १२ बजेदेखि अन्त्य भएको छ । 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्। 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरेअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको चालू बैठक गत जेठ १६ गते सञ्चालन भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया