आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं, राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना प्रति इकाई रु. १०÷– का दरले १२ करोड ५० लाखइकाई अर्थात रुएक अर्ब पच्चिस करोड रुपैँया नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो ।

उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत श्री निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।

उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतिशत् लगानी रहेको सहायक कम्पनीे आरविवि मर्चेन्ट बैंकिङ्ग लि. रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया