पहिरोमा परी ३ जना बेपत्ता, ४ वर्षीय नाबालक बालक मृत फेला

४ बर्ष अगाडि

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीन बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरोमा परी तीन बेपत्ता हुनुका साथै एक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पहिराले चार घरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरुपमा क्षति पुर्याएको छ । उनका अनुसार पहिराले पुरेका अवस्थामा उनलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ । पहिरोमा बेपत्ता भएकाको खोजी जारीे छ । 

पहिरोमा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया पुलामी, उनका सात वर्षीया नातिनी भूमिसरा पुलामी र छ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका सूचना अधिकारी सिंहले बताए ।

दाङमा एक ४ वर्षीय नाबालक बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका(२ साईपुरस्थित साईपुर सिचाई नहरमा सोही ठाउँ बस्ने कमला पुनको छोरा ४ वर्षीय विशाल पुन मृत अवस्थामा फेला परेका हुन् ।यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए  ।

४ बर्ष अगाडि

प्रतिक्रिया