चीनको बक्सअफिसमा बलिउडका यी पाँच फिल्मले छापे करोडौं रुपैंया, कुनको कमाई कति ?

४ बर्ष अगाडि

काठमाडौं, चीनको बक्सअफिसमा केही हिन्दी फिल्मले अनग्य पैसा कमाएका छन् । सन् २०१६ मा रिलिज भएको अभिनेता आमिर खान अभिनीत फिल्म ‘दंगल’ चीनमा सबैभन्दा बढी कमाई गर्ने फिल्म हो । फिल्म फेयरको रिपोर्ट अनुसार, चीनको बक्सअफिसमा फिल्मले १४ सय करोडको कमाएको थियो । भारतमै झन्डै ४ सय करोड कमाई गरेको यो फिल्मका निर्देशक नीतेश तिवारी हुन् ।
 
सन् २०१७ मा रिलिज भएको अभिनेता आमिर खान अभिनीत तथा निर्मित अर्को फिल्म ‘सिक्रेट सुपरस्टार’ ले पनि चीनमा ठूलो कमाई गरेको थियो । भारतमा औसत कमाएको यो फिल्म चीनमा भने ब्लकबस्टर सावित भयो । फिल्मले चीनमा ८ सय ३१ करोड छापेको थियो । चीनमा सबैभन्दा बढी कमाई गर्ने यो दोस्रो बलिउड फिल्म हो । अद्वित चन्दनले फिल्मको निर्देशन गरेका थिए । 
 
सन् २०१८ मा आएको श्रीराम राघवनको फिल्म ‘अन्धाधुन्ध’ समीक्षक र दर्शकले निकै रुचाए । फिल्मले बक्सअफिसमा पनि राम्रो कमाई गर्‍यो । यूनिक कहानी फिल्मको सबैभन्दा ठूलो तागत थियो । आयुष्मान खुराना र तब्बूको अभिनयलाई पनि दर्शकले मन पराएका थिए । भारतसँगै यो फिल्मले चीनमा समेत ठूलो कमाई गरेको थियो । चीनमा फिल्मको कलेक्सन ३ सय ३ करोड थियो । 
 
भारतमा अभिनेता सलमान खान अभिनीत तथा निर्मित फिल्म ‘बजरंगी भाईजान’ निकै रुचाइएको थियो । यो उनको करिअरकै सबैभन्दा उत्कृष्ट फिल्म भन्ने गरिन्छ । फिल्ममा उनको अभिनयले दर्शक भावुक बनेका थिए । भारतमा ३ सय २० करोड कमाई गरेको यो फिल्म चीनमा पनि सुपरहिट भएको थियो । फिल्मले चीनको बक्सअफिसमा २ सय ९५ करोडको कमाई गरेको थियो । 
 
चीनमा सर्वाधिक आम्दानी गर्नेमा स्वर्गीय बलिउड इरफान खान र पाकिस्तानी अभिनेत्री सबा कमर अभिनीत हिन्दी फिल्म ‘हिन्दी मिडियम’ पनि पर्छ । भारतीय बजारमा १ सय ४३ करोड कमाई गरेको फिल्मले चीनको बक्सअफिसमा २ सय २० करोड छाप्न सफल भएको थियो । कलाकारको अभिनय र फिल्मको कथावस्तुलाई भारतसँँगै चीनका दर्शकले समेत निकै रुचाएका थिए । (स्रोत टिभीफिल्मी)

४ बर्ष अगाडि

प्रतिक्रिया