काठमाडौं - करिब ३ लाख रुपैयाँ नगद सहित छुट्टा छुट्टै स्थानबाट १९ जना जुवाडे पक्राउ परेका छन् ।
प्रहरीले ललितपुर, महालक्ष्मी नगरपालिका–३ महर्जन चोकबाट ११ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार १ सय ८५ रुपैयाँ सहित पक्राउ गरेको हो ।
त्यसैगरी प्रहरीले कास्की, पोखरा महानगरपालिका–३ नदिपुरबाट ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले नदिपुर बस्ने ३७ वर्षीया एकमाया रानामगरको घरमा तास खेलिरहेको अवस्थामा एकमाया लगायत ८ जनालाई बिहीबार साँझ पक्राउ गरेको हो ।
उनीहरुलाई नगद ५६ हजार १३० रुपैयाँ र ४ बुक तास सहित वडा प्रहरी कार्यालय बगरबाट गएको पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया