काठमाडौं, अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरिएको छ । भदौ १४ गते सार्वजनिक विदा परेकाले आइतवार भदौ १३ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर र ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।
साथै कम्पनीले १७ प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । यी प्रस्ताव पारितका लागि कम्पनीले आगामी भदौ २६ गते साधारण सभा बोलाएको हो ।
प्रतिक्रिया