१० दिनमा मात्र मुलुकभर २६ हजार बढी संक्रमित थपिए, ३११ जनाको मृत्यु र कोरोना विरुद्धको खोप कतिमा ?

४ बर्ष अगाडि

काठमाडौं, भदौ यतामा देशभर २६ हजारभन्दा बढी संक्रमति थपिएका छन् । भदौ १ देखि १० गतेसम्म देशभरमा २६ हजार ३० जनामा संक्रमण पुष्टि भएको छ । 

दश दिनमा मात्र देशभर कोरोना भाइरस संक्रमणबाट ३ सय ११ जनाले ज्यान गुमाएका छन् । हाल अर्थात भदौ १० गतेसम्म मुलुकभर १० हजार ६३८ जनाको मृत्यु भएको छ । 

भदौ लागे यता सबैभन्दा बढी संक्रमित भदौ २ गते थपिएका हुन् । भदौ २ गते ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो । सो दिन कोरोना कारण ४२ जनाले ज्यान गुमाएका थिए भने ८४ हजार १३३ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मृतकको संख्यामा भदौ नौ गते सबैभन्दा बढी जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए । यस दिन कोरोना संक्रमणका कारण ४४ जनाको मृत्यु भएको हो । यस्तै, सो दिन २ हजार ४८२ जनामा कोरोना संक्रसमित थपिएका हुन् । 

यस्तै, भदौ १ गते देशभर ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । २७ जनाले ज्यान गुमाएका थिए भने १ लाख ४४ हजार ५२८ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए । 

यसैगरी क्रमश भदौ ३ हजार ७५, भदौ ४ गते ३ हजार ४२, भदौ ५ गते २ हजार ७५, भदौ ६ गते १ हजार ९२०, भदौ ७ गते १ हजार ८०१ र भदौ ८ गते  २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्रमश कोरोनाका कारण भदौ १ गते २७ जना, भदौ ३ गते ३३ जना, भदौ ४ गते २६ जना, भदौ ५ गते ३० जना, भदौ ६ र ७ गते २४ जना र भदौ ८ गते ३५ जनाको मृत्यु भएको हो ।

यस्तै हिजो भदौ १० गते २ हजार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको हो । 

हाल नेपालमा ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म देशभर पिसिआर विधिबाट ३८ लाख ६८ हजार ७१७ र एन्टीजेन विधिबाट ४ लाख ५० हजार ३२९ जना परीक्षण भएको छ । 

मुलुक भर पहिलो मात्रामा ४९ लाख ८६ हजार ८९३ र पूर्ण मात्रामा ३९ लाख ४९ हजार ५२९ जनाले कोरोना विरुद्धले खोप लगाएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया