एमबाप्पेका लागि रियल म्याड्रिडद्धारा पहिला भन्दा १० मिलियन युरो बढीको प्रस्ताव, सरुवा हुने लगभग पक्का

४ बर्ष अगाडि

एजेन्सी – पेरिस सेन्ट जर्मेन ९पिएसजी० का युवा स्टार केलियन एमबाप्पेका लागि रियल म्याड्रिडले पहिला भन्दा १० मिलियन युरो बढीको प्रस्ताव गरेको छ ।  यसअघि १ सय ६० मिलियन प्रस्ताव गरेको रियलले पछिल्लो पटक १ सय ७० मिलियन युरो प्रस्ताव गरेको हो ।

यो सँगै उनी रियल जाने सम्भावना बलियो भएको छ । रियल र पिएसजी ट्रान्सफरलाई लिएर सहमतिको नजिक पुगेको पनि बताइएको छ । साथै एमबाप्पेको रियलबाट खेल्ने बच्चै देखिको सपना पूरा हुने सम्भावना बलियो देखिएको छ । 

सम्भवत शुक्रबार नै उनको सरुवाको घोषणा हुने सम्भावना छ । विश्वकप विजेता एमबाप्पे अन्तर्राष्ट्रिय विश्राम अघि नै रियलमा सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ । पिएसजीका अध्यक्ष नासिर अल खालिफाले च्याम्पियन्स लिगको समूह विभाजनपछि एमबाप्पेका कारण परिस्थिति असहज भएको बताएका थिए । 

यद्दपी उनले एमबाप्पेले पिएसजी छाड्ने चर्चा अस्वीकार गरेका थिए । रियलले भने सरुवा बजारको नियम अनुसार नै सबै काम भइरहेको विश्वास गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया