१४० हिन्दु र सिखलाई काबुल छोड्न दिएन तालिबानले

४ बर्ष अगाडि

काठमाडौं - काबुल विमानस्थलमा भारतीय वायुसेनाको एक विशेष विमान रोकिएको खबर छ । 

अंग्रेजीमा छापिने भारतीय पत्रिका ‘द हिन्दू’ पत्रिकाले ‘इन्डिया वर्ल्ड फोरम’ का अध्यक्ष पुनित सिंहलाई उद्धृत गर्दै तालिबानले कम्तीमा १४० अफगानी सिख, हिन्दु र अन्य मानिसहरुलाई काबुल विमानस्थल जानबाट रोकेका छन् । 

पुनित सिंह काबुलबाट मानिसहरुलाई निकाल्ने अभियानमा विदेश मन्त्रालय र भारतीय वायुसेनासँग समन्वयको काम गरिरहेका छन् । पत्रिकाका अनुसार यो घटनाका कारण वायुसेनाको विशेष विमानले उडान भर्न समय लाग्यो । यो विमान बुधबारदेखि काबुल विमानस्थललमा उडान भर्नका लागि प्रतिक्षा गरिरहेको थियो । 

‘इन्डिया वर्ल्ड फोरम’ का अनुसार तालिबानले बुधबार राती यी यात्रीलाई विमानस्थलबाट बाहिर फिर्ता पठाइदिए । यसअघि हिन्दू पत्रिकाले आफ्नो रिपोर्टमा बिहिबार बिहान लगभग २०० अफगान हिन्दू र सिख र अन्य देशका नागरिकलाई हिँड्न विमानस्थलमा पुग्नुपर्ने थियो । तर  तालिबानद्वारा यी यात्रीलाई रोकेपछि यो फ्लाइटमा ढिलाई भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया