नेपालले आफ्नो दलमा नआए सहयोग नगर्ने, नवनियुक्त दुवै मुख्यमन्त्री संकटमा

४ बर्ष अगाडि

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफ्नो दलमा नआए सहयोग नगर्ने अभिव्यक्ति दिएका छन् । यो सँगै मुख्यमन्त्रीद्वय भीम आचार्य र अष्टलक्ष्मी शाक्य संकटमा परेका छन् ।

पार्टी विभाजनपछि बागमती र प्रदेश १ सरकार जोगाइराख्न एमालेले मुख्यमन्त्री फेरबदल गरे पनि संकट जस्ताको तस्तै देखिएको छ । नवनियुक्त दुवै मुख्यमन्त्रीले एक महिनाभित्र लिनुपर्ने विश्वासको मत आर्जन गर्न नसक्ने देखिएको छ ।

एमालेबाट अलग्गिएर माधवकुमार नेपालले निर्वाचन आयोगमा छुट्टै दल दर्ताका लागि निवेदन दिएकै दिन २ भदौमा एमाले नेतृत्वले बागमतीका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गर्न लगाई अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएको थियो ।

नेपाललाई नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रमाणपत्र दिएको भोलिपल्ट बिहीबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गर्न लगाई एमालेले भीम आचार्यलाई मुख्यमन्त्री बनाएको छ । शाक्य र आचार्य केही दिनअघिसम्म नेपाल समूहका बलिया पिलर थिए ।

दुवै प्रदेशमा एमालेको एकल बहुमत रहेकाले शाक्य र आचार्यलाई मुख्यमन्त्री बनाउँदा नेपाल पक्षमा लाग्दै आएका सांसदहरू एमालेमै रोकिने आकलन थियो । तर, स्थिति त्यस्तो देखिएको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया