शुक्रबारबाट फिल्म ‘म त मर्छु कि क्या हो’ ओटीटीमा रिलिज

४ बर्ष अगाडि

काठमाडौं, लकडाउनको समयमा केही निर्माताले जोखिम उठाएरै नयाँ फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गरे । कोरोनाका कारण सिनेमा हल बन्द भएपछि गत वर्ष ‘कोपिला र हिरो रिर्टन्स’ फिल्म डिजिटल रिलिज भएका थिए । गत महिना अर्को फिल्म ‘लभ सर्कल’ पनि डिजिटल रिलिज भयो । यसैक्रममा, शुक्रबारबाट फिल्म ‘म त मर्छु कि क्या हो’ पनि ओटीटीमा रिलिज भएको छ । 
 
हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्देशन, निर्माण र अभिनय गरेको फिल्म ओहो मुभिज एपबाट रिलिज भएको हो । फिल्ममा रवि गिरी, वुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतको पनि अभिनय छ । 

एक समयको चर्चित हाँस्यटेलिश्रृंखला ‘मेरी बाँस्सै’ मा सिताराम र कुञ्जनालाई धुर्मुस र सुन्तलीको चरित्रमा दर्शकले निकै रुचाइएका थिए । फिल्ममा पनि सिताराम र कुञ्जना त्यही चरित्र र गेटअपमा देखिएका छन् । तराईका विभिन्‍न स्थानमा खिचिएको फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन् । मिलन श्रेष्ठ रहेको फिल्मको स्क्रिनप्ले र डाइलग धुर्मुस(सुन्तली स्वयंले तयार पारेका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया