पञ्चकन्या माई हाइड्रोपावर नाफा १ लाख ३१ हजार, प्रतिसेयर आम्दानी एक पैसा

४ बर्ष अगाडि

काठमाडौं - पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ लाख ३१ हजार ६ सय ३४ रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ४ करोड ३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २० करोड ३८ लाख रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २२ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १९ करोड ९० लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी जम्म एक पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ ८९ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया