निर्मला पन्तको मुद्दा अन्तर्राष्ट्रियकरण गरियो !

७ बर्ष अगाडि

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन पहल गरिदिन संयुक्त राष्ट्र संघलाई आग्रह गरिएको छ ।

५ महिना बित्न लाग्दा समेत सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई कार्वाही गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले हत्यारा पत्ता लगाई दिन आग्रह गर्दै संकलन गरेको हस्ताक्षर सोमबार ललितपुुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका हुन् । 
यसअघि उनीहरुले माइतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आह्वान गर्दैै हस्तक्षार अभियान संकलन गरेका थिए ।

निर्मला पन्तलाई न्याय दिन अन्तराष्ट्रिय समूदायलाई पहल गरिदिन आग्रह गर्दै सो हस्ताक्षर संयुक्त राष्ट्र संघमा बुझाउनु परेको विद्यार्थीहरुले बताएका छन ।

‘निर्मलाको न्यायको निम्ति अभियान’मा सहभागी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले बलात्कारलगायतका महिला हिंसा हुन नदिन सबैलाई सचेत रहन पनि आह्वान गरेका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया