काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको एक जनस्वास्थ्य अधिकारीले बताएका छन्।घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ।
मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले बिबिसीले बताएको छ।
अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन्।
इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएका छन्।
आफूलाई काबुलमा खटिएका कमान्डरहरूले अमेरिकी र अफगान नागरिकहरूको उद्धार अगस्ट महिनाको अन्त्यसम्ममा सम्पन्न गर्न सकिने बताइएको बाइडनले जानकारी दिए।
हालसम्म अफगानिस्तानबाट एक लाखभन्दा बढीको उद्धार गरिएको बताइएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिका फर्कने समयसीमा थपेका छैनन्।बिहीवार साँझ उनले आक्रमणकै बीच उद्धार कार्य भने जारी रहने जनाएका छन्।
आफूलाई काबुलमा खटिएका कमान्डरहरूले अमेरिकी र अफगान नागरिकहरूको उद्धार अगस्ट महिनाको अन्त्यसम्ममा सम्पन्न गर्न सकिने बताइएको बाइडनले जानकारी दिए।
हालसम्म अफगानिस्तानबाट एक लाखभन्दा बढीको उद्धार गरिएको बताइएको छ।उनले बिहिवार काबुल विमानस्थल बाहिर गरेको पछिल्लो आक्रमणको बदला लिन आईएसआईएस(के माथि आक्रमण गर्ने योजना बनाउन पेन्टागनलाई निर्देशन दिएका छन्।
बाइडनले आक्रमणको बदला लिने वाचा गरेका छन्।
प्रतिक्रिया