लुम्बिनी जनरलको  संस्थापक सेयर बच्दै सनराइज बैंक, मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं, सनराइज बैंकले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सले संस्थापक सेयर भदौ १८ गतेदेखि लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले लुम्बिनी जनरलको १ लाख २२ हजार २८७ कित्ता सेयर बिक्री गर्न लागेको हो । 

यसमा असोज १ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ ६३ पैसा तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ ।
 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १००० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा बुझाउन सकिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया