काठमाडौं - ओपोले ‘स्मार्ट टेक्नोलोजीः ईम्पावरिङ ईकोनोमी, एनरिचिङ लाइफ’ थिममा अगस्ट २३ देखि २६ सम्म चीनको चोंगचिङमा आयोजित स्मार्ट चाइना एक्स्पो २०२१ मा सहभागिता जनाएको छ । एक्स्पो मार्फत ओपोले आफ्ना नयाँ म्यागभोक फ्ल्याश चार्जिङ सिरिज, ईन—कार कनेक्टिभिटी लगायतका प्रविधि प्रदर्शित गरेको थियो ।
‘ओपोले उपभोक्तालाई विभिन्न परिस्थितीमा समेत सबलता प्रदान गर्ने लक्ष्यका साथ आईओटी तथा ईन्टरनेट अफ एक्स्पेरियन्स सम्बन्धित फराकिलो क्षेत्रमा हाम्रो रणनैतिक तैनातीमा निरन्तर सफलता हात पार्दै गइरहेको छ ।’ ओपोको स्मार्टफोन प्रडक्ट्सका उपाध्यक्ष तथा अध्यक्ष हेनरी डुआनले भने, ‘नयाँ म्याग्नेटिक फ्ल्याश चार्जिंग र ईन—कार कनेक्टिभिटी टेक्नोलोजिज्का माध्यमबाट उपाभोक्ता अनुभवलाई हर—सम्भव पक्षबाट उत्कृष्टता प्रदान गर्न प्रयत्नरत छौँ ।’

सुविधाजनक एचर चार्जिंग र म्यागभोक फ्ल्याश चार्जिंङ
कम्पनीका अनुसार एक्स्पो मार्फत वायरलेस एयर चार्जिंग प्रविधिका साथै, ओपोले पहिलो पटक आफ्नो म्यागनेटिक फ्ल्याश चार्जिंग प्रविधि — द ओपो म्यागभोक सिरिजपनि प्रदर्शित गरेको थियो ।
नयाँ सिरिज मातहत फोन र चार्जर विच सटिक पंक्तिबद्धताको सुनिश्चितता प्रदान गर्ने म्यागनेटिक अलाइनमेन्ट प्रणालीको प्रयोग गरिएको म्यागभोक वायरलेस पावर ब्यांकपनि सम्मिलित छ । त्यसैगरी समग्र चार्जर नै पातलो बनाउन सघाउने स्प्लिट डिजाइन अपनाइएको म्यागभोक अल्ट्रा—थिन फ्ल्याश चार्जरपनि प्रदर्शित गरिएको थियो ।
यी दुवैै उपकरणका डिजाइनले उत्पादनलाई सहज पोर्टेबिलिटीको गुण उपलब्ध गराउँछ। अन्ततः पारम्परिक वायर्ड चार्जिंगका तुलनामा तयारीका लागि लाग्ने समयमा ६० प्रतिशतसम्म कटौती उपलब्ध गराउने म्यागभोक वायरलेस फ्ल्याश चार्जिङ स्ट्याण्ड पनि एक्स्पो मार्फत प्रदर्शित गरिएको थियो । कम्पनी आफ्ना उपभोक्ताका हरेक माग तथा आवश्यकताको सम्बोधन गर्ने सोचका साथ आफ्ना प्रविधि तथा उत्पादनमा अनुकूलन उपलब्ध गराउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

स्मार्ट ईन—कार फोन कनेक्टिभिटी क्षमता
ओपोले डिजिटल कार की, ओपो फाइन्ड एक्सथ्रीमा रहेको रिमोट भेहिकल कन्ट्रोल, ओपो वाट्च टूमा रहेको रिमोट भेहिकल कन्ट्रोलका साथै, ईन कार फ्ल्याश चार्ज लगायत ईन—कार स्मार्टफोन कनेक्टिभिटीमा हासिल गरेका नौला उपलब्धिहरु पनि प्रदर्शित गरेको थियो ।
कम्पनीका अनुसार डिजिटल कार कीले प्रयोगकर्तालाई ओपो स्मार्टफोनको प्रयोग गरी ब्ल्यूटूथ मार्फत सहजै आफ्ना कार अनलक गर्ने सुविधा उपलब्ध गराउँछ । यसका लागि कुनै किसिमको मोबाइल नेटवर्कको आवश्यकता नपर्ने हुँदा दैनिक प्रयोजनका लागि यसको उपयोगिता अझ सहज बनेको छ ।
ओपो फाइन्ड एक्सथ्री वा ओपो वाट्च टूमा रहेको रिमोट भेहिकल कन्ट्रोलले प्रयोगकर्तालाई टाढैबाट एपको सहायताबाट एयर कन्डिशनिंग अन गर्ने सहुलियत प्रदान गर्छ । यसको माध्यमबाट कार धनीले टाढैबाट हर्न बजाएर आफ्नो कारको खोजी पनि गर्न सक्छन् ।
साथै, कार चलाई रहेको अवस्थामा पनि प्रयोगकर्ताले ओपोको ६५ वाट भोक यूएसबी फ्ल्याश चार्ज र ४० वाट भोक वायरलेस फ्ल्याश चार्ज सपोर्ट गर्ने ओपोको अत्याधुनिक ईन—कार फ्ल्याश चार्जको पनि प्रयोग गर्न सक्छन् ।
नयाँ सम्भावनाहरुका लागि ओपो सधैँ नै औद्योगिक सहकार्यका लागि अग्रसर रहँदै आएको छ । यसका लागि कम्पनीले नियो, बीवाईडी अटो र गीली जस्ता अग्रणी सवारी साधनका ब्राण्डहरुसँग सहकार्य पनि गरिरहेको छ ।
भविष्यमा हाम्रा सवारी साधन नियन्त्रणका लागि स्मार्टफोनहरु नै नियन्त्रणको केन्द्र बन्ने छन् । स्मार्टफोन—भेहिकल कनेक्टिभिटी ईकोसिस्टममा प्रशस्त अत्याधुनिक प्रविधिहरु समाहित गरिनेछन्। यसले गर्दा ईन—कार अनुभव अझ एकिकृत हुनेछ ।

निर्वाधरुपमा जडित आईओटी उपकरण तथा अन्य
कम्पनीले ईन्टरनेट अफ एक्स्पेरियन्सको अवधारणाको उत्थान गरेदेखि ओपोको सफलतामा अहिले यूडब्ल्यूबी प्रविधिबाट जडित एआर ग्लास २०२१ को विकासका साथै अन्य स्मार्ट होम डिभाइसेज लगायत रहेका कम्पनीले जनाएको छ ।
ओपो एआर ग्लास २०२१मा ग्लासलाई हल्का बनाउनका लागि स्प्लिट डिजाइनको प्रयोग गरिएको छ। यसले गर्दा तिनलाई लामो समयसम्म पहिरिँदापनि आरामदायी अनुभव हुन्छ । मेनस्ट्रिम बर्डबाथ अप्टिकल सोल्यूशन सुसज्जित ओपो एआर ग्लास २०२१ले उपभोक्तालाई सिनेमा जस्तै अनुभव प्रदान गर्छ ।
आईओटी अन्तर्गत यी नयाँ क्षेत्रमा प्रवेश संगै ओपो आफ्नो ईन्टरनेट अफ एक्स्पेरियन्स भिजनलाई यथार्थमा बदल्ने कार्य तथा सुदृढ कनेक्शन सहित मानिस र उपकरण विच एकिकरण सहितको विश्व तिर थप एक कदम नजिकिएको कम्पनीको भनाई छ ।
प्रतिक्रिया