घुससहित लेखापाल पक्राउ

७ बर्ष अगाडि

काठमाडौँ, ४ चैत - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २० हजार घुससहित सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरीलाई आज पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने आरोपमा आयोगको टोलीले लेखापाल चौधरीलाई उहाँकै डेराबाट पक्राउ गरेको हो । 

७ बर्ष अगाडि

प्रतिक्रिया