काबुल विमानस्थलमा विस्फोट : अमेरिकी नागरिकसहित ६० जनाको मृत्यु, एक लाख मानिसको उद्धार

४ बर्ष अगाडि

काठमाडौं - अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिकसमेत रहेका छन् ।

१३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर मृत्यु भएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन् । बेलायतले भने अहिलेसम्म आफ्ना नागरिक र सेना सुरक्षित रहेको जनाएको छ । काबुल विमानस्थलमा हजारौँ उद्धारका लागि पर्खिरहेका बेलामा बम विस्फोट भएको हो ।

जिहादी समूहले आफूले विस्फोट गराएको दाबी गरेको छ । यसअघि काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको भन्दै अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका थिए । उनीहरुले आक्रमणको जोखिम रहेकाले विमानस्थलबाट परै बस्न आह्वान गरेका थिए । तर, चेतावनीको बेवास्ता गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ ।

अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि त्यहाँबाट एक लाख मानिसको उद्धार भइसकेको छ । अगस्ट ३१ तारिखसम्म तालिबानले उद्धारका लागि अनुमति दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया