कोरोनाविरुद्धको एमआरएनए खोपको क्लिनिकल ट्रायल गर्न अनुमति

४ बर्ष अगाडि

काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको छ ।

 
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड(१९ विरुद्धको एमआरएनए खोप तथा हैजाको खोपलाई क्लिकट ट्रायल गर्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

चिनियाँ कम्पनीले नेपालमा देउराली जनता फार्मास्यूटिकल्ससँगको सहकार्यमा खोपको परीक्षण गर्ने छ । खोपको ट्रायलपछि चिनियाँ कम्पनीले नेपालमै उत्पादन समेत गर्ने तयारी गरेको बताइएको छ ।

हैजाको खोपको ट्रायल भने दक्षिण कोरियास्थित इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युट ९आईभीआई०ले गर्न लागेको जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया