२ लाख नगद र चेक सहित ११  जुवाडे  पक्राउ

४ बर्ष अगाडि

ललितपुरको इमाडोलमा संचालित जुवा खालमा प्रहरीले छापा मारेको छ । खालबाट रकम हार–जित हुनेगरी जुवा खेलिरहेका ११ जना जुवाडेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले  बताइन् ।  

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका घर भएका अमित कुमार केसी, सन्तोष केसी, अनिल महर्जन, केदार नेपाल, दिनेश केसी र ललितपुरको गिम्दी घर भएका सरोज कुमार रुम्बा सहित ११ जना छन् ।


प्रहरीले जुवा खालबाट २ लाख ३४ हजार नगद र २० हजारको चेक बरामद गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया