तेह्रथुम पावरको आईपीओमा साढे २३ गुणा बढी आवेदन, १३ लाख आवेदक भरे आईपीओ

४ बर्ष अगाडि

काठमाडौं,  तेह्रथुम पावर कम्पनी लिमिटेडको निष्कासन गरेको दोश्रो दिन आईपीओमा साढे २३ गुणा बढी आवेदन परेको छ ।  

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडका अनुसार बुधबार साँझसम्म १३ लाख ८ हजार ५ सय ४४ जना आवेदकले एक करोड ७५ लाख ३ हजार ९ सय ५० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारणको लागि माग गरिएको भन्दा २३.५२ गुणा बढी आवेदन हो ।

कम्पनीले भदौ ९ गते, बुधबारबाट सर्वसाधारणहरुका लागि जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

लगानीकर्ताले आईपीओ न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिनेछ । पछिल्लो समय आईपिओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यो कम्पनीको आईपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ । कम्पनीको उक्त आईपीओमा छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया