काठमाडौं, कतारले नेपाली कामदारको माग गरेको छ । कतारको AL WATHAB TRADING AND CONTRACTING कम्पनीले ९८ जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । ओभर टाईमको सुविधा कम्पनीको नियमअनुसार रहेको छ ।
कामदारले तलब खान बस्ने सहित ३२ हजार देखि १ लाख ३४ माथि पाउनेछन् । इच्छुक कामदारले Prayas Re Employment Consultant Pvt .Ltd काठमाडौंमा भदौ १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, स्वदेशमा हुने बिमा खर्च कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै मेडिकल खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ भने हवाई टिकट र भिसा शुल्क निशुल्क रहेको छ ।
प्रतिक्रिया