वीरगञ्जको स्टिल फ्याक्ट्रीमा बिस्फोट, ७ जनाको अवस्था गम्भीर

४ बर्ष अगाडि

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरको एक स्टिल कम्पनीको भट्टीमा बिस्फोट भएको छ । 

बिहीबार दिउँसो पौने एक बजे सार्वोत्तम स्टिलको फलाम पगाल्ने भट्टी पड्किँदा भट्टीमा बिस्फोट भएको हो ।  

बिस्फोटमा परि  १२ जना श्रमिक घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ । 

 घाइतेहरु सबै भारतीय नागरिक रहेको र उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ  । उद्योगमा बिस्फोटपछि लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ  ।

४ बर्ष अगाडि

प्रतिक्रिया