अन्तिम दिन दोहोरो अंकले उकालो बन्द भयो नेप्से, करोबार रकम साढे १३ अर्ब नजिक

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबार दिन (बिहीबार) नेप्से परिसूचक १७.५७ अंकले बढेर ३०९४.०१ मा पुगेको छ । नेप्से ०.५७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ३.४० अंकले बढेर ५७१.३९ मा पुगेको छ ।

कूल २३२ वटा कम्पनीको २ करोड १६ लाख ९० हजार ५ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७ सय ९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ८ वटा उपसमूहको सूचक घटेको छ । बाँकी ५ वटा उपसमूहको सूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक, हाइड्रोपावर र फाइनान्स समूह बढेको छ । 

बिहीबार ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया