काठमाडौं, बिहीवार नेप्सेमा अपि पावर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।
कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो शेयर आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले जेठ २० गतेदेखि असार ९ गतेसम्म निष्कासन गरेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया