काठमाडौं–नेपाल राष्ट्र बैंकका केही उच्च कर्मचारीले १० रुपैयाँको पालिमर नोट छाप्नुअघि नै कम्पनीबाट ‘घूस’ लिएको तथ्य फेला परेको छ ।
अस्ट्रेलियन प्रहरीको अनुसन्धान र त्यसक्रममा अख्तियारमा बुझाइएको छानबिन प्रतिवेदनमा बैंका तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्यालले अस्ट्रेलियन डलर ७ हजार ७ सय ३५ बुझेको उल्लेख छ ।
उनले अस्ट्रेलिया नै पुगेर सो रकम बुझेको पनि समाचारमा उल्लेख छ । सोही प्रकरणमा अख्तियारले राष्ट्र बैंकका तत्कालिन गर्भनर तिलक रावलसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया