अरुण भ्यालीको ११ लाख २६ हजार बढी कित्ता खरिदबिक्री, साढे ७ लाख बढी कित्ता खरिदमाग

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन(बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार खुलेको करिब साढे तीन घण्टामा अरुण भ्याली हाइड्रोपावरको ११ लाख २६ हजार बढी कित्ता शेयर खरिदबिक्री भएको छ । 

सो अवधीसम्म कम्पनीको ११ लाख २६ हजार ५३७ कित्ता शेयर खरिदबिक्री भएको छ । सो कित्ता शेयर खरिदबिक्री हुदाँँ ७९ करोड १३ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, शेयरमुल्य भने १० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ७२०.५० पुगेको छ । मार्केट डेपमा कम्पनीको ७ लाख ६७ हजार १०२ कित्ता खरिद माग भएको छ भने ३४५ कित्ता शेयर बिक्री माग भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया