सरकार धर्म प्रचारमा उत्रनु आपत्तिजनक

६ बर्ष अगाडि

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकले सरकार नै धर्म प्रचारमा लागेको भन्दै आपत्ति जनाएको छ।
उक्त पार्टीको आइतबार सम्पन्न महासमिति बैठकले नेपालमा धर्म प्रचारमा संलग्न विवादास्पद अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सम्मेलन प्रधानमन्त्रीको नेतृत्वमा सरकारको प्रत्यक्ष सहभागिता, सहयोग र संरक्षणमा सम्पन्न गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो क्रियाकलापको भत्र्सना गरेको हो।

बैठकले कांग्रेसले धार्मिक स्वतन्त्रता, एक–अर्काको धर्मप्रति सम्मान तथा धार्मिक सहिष्णुता र समभावमा विश्वास गर्ने बताउँदै धर्म परिवर्तन गराउने वा अर्को धर्ममा खलल गर्ने काम वा व्यवधान गर्नु दण्डनीय हुनेछ भन्दै संवैधानिक व्यवस्थाको अक्षरशः कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिएको छ।

संघीय संरचनाअनुसार पार्टीको विधान संशोधन गर्ने मुख्य एजेन्डाका साथ मंसिर २८ गतेदेखि राजधानीमा जारी उक्त बैठकले साथै सरकारको चर्को आलोचनासहित १५ बँुदे समसामयिक, विधान संशोधन, राजनीतिक र समग्र आर्थिक नीतिसम्बन्धी प्रस्ताव पारित गरेको छ।

विधान संशोधनको विषयमा प्राप्त सुझावहरूलाई केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी महासमितिले सर्वसम्मतरूपमा पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेपाल समाचारपत्र दैनिका खबर छापिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया