नेपाल समूहमा मन्त्री बन्ने होडबाजी, पद नपाए पार्टी परित्यागको चेतावनी

४ बर्ष अगाडि

काठमाडौँ - नेकपा एमालेबाट छुट्टिएर निर्वाचन आयोगबाट मान्यता पाएको माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी ९ नेकपा एकीकृत समाजवादी० सरकारमा सहभागी हुने भएको छ ।

सरकारमा सहभागी हुने बाटो खुलेसँगै यतिबेला माधव समूहमा मन्त्री बन्ने होडबाजीमा धेरै नेताहरु लागिपरेका छन् । स्रोतका अनुसार यतिबेला माधव नेपाललाई मन्त्रीको नाम छनोट गर्न दवाव आएको छ । 

माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने भएको छ ।केही नेताहरुले मन्त्री नपाए पार्टी छाड्नेसम्मको चेतावनी दिएको बताइएको छ ।

एमालेमा विद्रोह गरिरहेका नयाँ पार्टीका नेताहरु बिरोध खतिवडा, कल्याणी खड्का, मेटमणी चौधरी, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतका नेताहरु आफूलाई जसरी पनि मन्त्री बनाउनुपर्ने अडानमा रहेको स्रोत बताउँछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया