कुवेतको एआई मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेसबीच रेमिट्यान्स कारोबार सुरु, नेपालीले सजिलै पैसा पठाउन सक्ने

४ बर्ष अगाडि

काठमाडौं - कुवेतको ख्याति प्राप्त एआई मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।

अब कुवेतमा रहेका नेपालीहरुले एआई मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । 

एआई मुल्ला एक्सचेञ्ज कुवेतको पहिलो मोबाइल एप्लिकेशन शुरु गर्ने रेमिट्यान्स कम्पनी हो जसको १०२ स्थानहरुमा आफ्ना शाखाहरु उपलब्ध छन् । 

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिन्छ साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने र मोबाइल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया