साइप्रसले माग्यो नेपाली पुरुष महिला कामदार, तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं - साइप्रसले नेपाली कामदारको माग गरेको छ । साइप्रसको H.M.R. helpmate recruitment कम्पनीले डेमोस्ट्रीक वर्करका लागि ५ जना पुरुष र ११ महिला गरि जम्मा १६ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । ओभर टाईमको सुविधा कम्पनीको नियमअनुसार रहेको छ ।

कामदारले तलब खान बस्ने सहित ४३ हजार माथि पाउनेछन् । इच्छुक कामदारले सलमा एच आर ओभरसिज प्रा ली को कार्यालय गौशाला काठमाडौंमा भदौ १७ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क  र स्वदेशमा हुने बिमा खर्च र कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै मेडिकल खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ भने हवाई टिकट र भिसा शुल्क निशुल्क रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया