प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्रीशेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत ९५२ सांसद० भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१० अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । उनले बिहीबार नै प्रदेश प्रमुख अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रतिक्रिया