धरहराको शिलान्यास बिहीबार

७ बर्ष अगाडि

काठमाडौँ-भूकम्पले क्षतिग्रस्त सुनधारास्थित ऐतिहासिक धराहराको नवनिर्माण कार्यको शिलान्यास यही विहीबार (मङ्सिर १२ गते) हुने भएको छ ।

धराहरा परिसरमै एक औपचारिक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा नवर्निर्माण कार्यको शिलान्यास गर्नुहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए । 
त्यस अवसरमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, बहालवाला मन्त्रीहरू, सांसदहरू, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारीलगायत करिब तीनसय जनाको सहभागिता रहने जानकारी उनले दिए। शिलान्यासपछि धराहरा निर्माणले थप गति लिने प्राधिकरणको विश्वास रहेको मनान्धरले बताए । गाेरखापत्र दैनिकमा खबर छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया