मोटरसाइकलको ठक्करबाट गर्भवती महिलाको मृत्यु, मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने चालक पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - मोटरसाइकलको ठक्करबाट झापामा एक गर्भवती महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ निवासी २३ बर्षीया दीक्षा प्रसाईँ ९चम्लागाई० रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । 
 
मोटरसाइकलको ठक्करबाट गर्भवती दीक्षाको टाउको, दुवै हात र घुँडामा चोट लाग्नुका साथै पेटभित्रको बच्चाको धड्कन नचलेपछि ओम साई पाथीभरा हस्पिटल भद्रपुरले थप उपचारका लागि राति नै लाइफलाइन अस्पताल दमक पठाएको थियो ।

दमक पुर्याउन साथ उनको मृत्यु भएको थियो । यता मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने चालक मेचीनगर नगरपालिका-१३ निवासी ३६ वर्षीय मनप्रसाद तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी थापाले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया